वन तथा वातावरण मन्त्रालयको पुनर्सरचना भईसकेपछि प्रदेश नं.५ अन्र्तगत तराईमा पर्ने कपिलबस्तु जिल्लामा २ वटा डिभिजन वन कार्यालयहरु स्थापना भए । यस डिभिजनको पूर्वमा कपिलबस्तु जिल्लाको गुड्रुङ्ग खोला, पश्चिममा दाङ जिल्ला र भारतको उत्तर प्रदेशको वलरामपुर जिल्ला, उत्तरमा अर्घाखांची र दक्षिणमा भारतको उत्तर प्रदेशको सिदार्थ नगर जिल्ला पर्दछ । यस डिभिजनको पूर्व परिश्चम सरदर लम्बाई ४० कि.मी र उत्तर दक्षिण चौडाई ३२ कि.मी रहेको छ । त्यसैगरी उत्तरी सिमाना चुरे रहेता पनि आर्घाखांची जिल्लाको सिमानाले चुरेको फेदी सम्म नै ओगटेको हुदा यस डिभिजन अन्र्तगतको अधिकांस क्षेत्र समथर रहेको छ । कपिलबस्तु जिल्लामा हाल २ वटा डिभिजन वन कार्यालयहरु स्थापना गरिएको भएतापनि यस जिल्लाको समग्र ऐतिहासिक पृष्ठभुमी, सामाजिक तथा आर्थिक अवस्थाहरु, जातजाती विवरण, धर्म, भाषा संस्कृति, जियोलोजी तथा भु वनावट, जलवायु तथा बर्षा तथा भु उपयोगको स्थिति यहा प्रस्तुत गरिएको छ | राजा शुद्योधनको राज्यको रुपमा परिचित प्राचिन कपिलबस्तु जिल्ला प्रदेश नं.५ तराई जिल्ला मध्ये एक हो । यस जिल्लाको पूर्वमा रुपन्देही जिल्ला, पश्चिममा दाङ जिल्ला र भारतको उत्तर प्रदेशको वलरामपुर जिल्ला, उत्तरमा अर्घाखांची र दक्षिणमा भारतको उत्तर प्रदेशको सिदार्थ नगर जिल्ला पर्दछ । केन्द्रिय तथ्यांक विभाग १९९८ अनुसार कुल १,७३,८०० हेक्टर अर्थात १७३८ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । कपिलवस्तु जिल्ला २७०२५ देखि २७०८४ उत्तरी अक्षांश र ८२०७५ देखि ८३०१४ पूर्वी देशान्तरमा पर्दछ । यस जिल्लाको वर्तमान सदरमुकाम तौलिहवा तौलेश्वर महादेवको मन्दिरको नाम वाट राखिएको थियो । यस वाहेक जिल्लाको दक्षिण पश्चिममा अवस्थित कृष्ण नगर नाका उक्त भेग तर्फको भारत संग वजार सम्पर्कको प्रमुख नाका पनि हो । पुर्व पश्चिम राजमार्ग (लोकमार्ग) को निर्माण पश्चात यस जिल्लाको उत्तरी भेगमा पहाड वाट वसाइ सरि वसोवास गर्ने क्रममा राजमार्गका चोकहरुमा वजारहरुको विस्तार भएको छ । चन्दौटा, गोरुसिगे, ४ नं. जितपुर हालका चर्चित वजारहरु हुन ।